खबर

सडकमा लकडाउन थप कडा बनाउदै प्रहरी

इटहरी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९)को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रण गर्न शनिबारदेखि सडकमा लकडाउनलाई प्रहरीले थप कडाई गरेको छ । लकडाउन अवज्ञा गर्दै सडकमा हिड्नेहरुलाई प्रहरीले कडाई गरेको हो।

विशेषगरी मानिसहरु मोटरसाइकलमा बजार डुलेको पाइयो । प्रहरीले अनावश्यक रुपमा त्यसरी बजार डुलिरहेकाहरुलाई मोटरसाईकल नियन्त्रणमा लिएर मानिसलाई सम्झाएर पठाएको छ। अनि उनीहरुका सवारी साधनलाई नियन्त्रणमा लिएर राखिएको छ इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले भने ।

लकडाउन जारी रहेका बेला अत्यावश्यक बाहेकका अन्य सेवा सुविधाहरु बन्द हुन्छन्। यस्तोमा बिनाकाम बजार डुल्नुको कुनै औचित्य छैन। फेरि कोरोनाको संक्रमण फैलिरहेको अवस्थामा भिडभाडमा जानु उत्तिकै जोखिमपूर्ण पनि छ त्यस कारण हामीले सवारी पक्राउ गर्न बाध्य भएका छौ एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलयका एसपी भिम दाहालले भने ।

लक डाउनचै सडकमा मात्र भएको जस्तो देखिन्छ । मुख्य सडकमा मात्र प्रहरीले ध्यान दिदा भित्री सडक अर्थात चोर बाटो प्रयोग गरेर सर्वसाधरणहरु समुह बनाएर हिडडुल गरिरहेका छन । यस विषयमा समेत प्रहरी प्रशासन चनाखो हुदै स्वयम सर्वसाधरणहरुले समेत ध्यान दिने की ?

मुख्य हाईवेमा कडाई,भित्री सडकमा हेलचेक्राई

इटहरी उपमहानपालिकाकाको मुख्य हाईवे बाहेक लकडाउनको अबज्ञा गदैं मानिसहरु बजारमा हिडडुल गरेका छन् । अबस्थामा बजारमा समुह बनाएर घुम्ने, गाँउघरमा पाहुना बनेर एकै घरमा बस्ने, खसि काटेर खाने, स्थानिय पर्यटकिय गन्तब्यहरुको भ्रमणमा निस्कीने गर्दै लकडाउनको अबज्ञा गरेका हुन् ।

बिशेगरी कोरोना भाईरस कोभिड १९ सक्रमण बारे सचेत बन्दै भिडमा नबस्न, भेला नहुन गरिएको आग्रहलाई बेवास्ता गरेको भन्दै अवज्ञाकर्ताहरु भित्री सडकको चोर बाटो हुदै निस्किएका छन । स्वयम आफ्नो स्वास्थ्यको सुरक्षाको लागी समेत सर्वसाधरणहरु सचेत भएको देखिदैन ।sancharpati/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button