एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना फ्रेन्च स्टार विंगर औसमाने डेम्वेलेलाई खराव मनासयले बेच्ने कुनै मनसाय नबनाएको बताएका छन् ।
२०१७ मा ब्राजिली स्टार नेयमारको विकल्पमा ल्याइएको यि स्टार लगातार चोटसँग जुधिरहेपछि बार्सिलोनाले आउदो समरमा बेच्ने योजना बनाइसकेको छ । तर, बार्सिलोनाले उनलाई गलत मनासयले बेच्ने योजना नबनाएको र उनको लागि ‘गोल्डेन अफर’ मात्रै स्वीकार्ने बताएको स्पेनिस पत्रिका इएल मुन्डो डिर्पोटिभोमा उल्लेख छ ।
जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १०० मिलियन पाउन्डमा २०२२ सम्म बार्सिलोना आएका डेम्वेलेले ३ वर्षको अवधिमा ६३ खेल गुमाइसकेको छ । २२ वर्षीय डेम्वेलेले गत फेब्रुअरीमा पुनः चोट बोक्दै ६ महिना मैदान बाहिर रहेका छन् । उनको फिनल्यान्डमा उपचार भइरहेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण फुटबल गतिविधि रोकिएका कारण खेल सुचारु भएको अवस्थामा उनले चोटबाट पूनरागमन गर्दै खेल्ने सम्भावना छ ।
डेम्वेले र अर्का उरुग्वेली फरवार्ड लुइस सुआरेज पनि घाइते भएपछि बार्सिलोनाले इर्मजेन्सी अनुबन्धको प्रावधान अनुसार गत जनवरीमा लेगानेसबाट डेनिस फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको थियो । डेम्वेलेले बार्सिलोनाको लागि ७४ खेलमा १९ गोल र १७ असिस्ट दिएका छन् । उनले बार्सिलोनाबाट चार उपाधि जितेका छन् ।hamrokhelkud/from



