मूल खबर

पश्चिम बंगालको रानीगञ्ज नाकामा थप कडाइ

मेचीनगर ।

कोरोना भाइरस संक्रमित र मृतकको को संख्या बढ्न थालेसँगै भारतको पश्चिम बंगाल सरकारले नेपाल सँगको सीमा नाकामा थप कडाइ गर्ने भएको छ ।

भारत पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवाहक सवारी नेपाल नपठाउने भएको छ।

कोरोना भाइरस संक्रमण र लकडाउनको कारण देखाउँदै पश्चिम बंगाल सरकारले नेपालसँग सीमा जोडिएको भारतीय नाका रानीगञ्ज भएर कुनै पनि मालवहाक सवारी नपठाउने जानकारी मौखिक रुपमा आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।

यस विषयमा आफूले अर्थमन्त्रालय भन्सार विभागमा जानकारी गराएको समेत विश्वकर्माले चौतारी पोष्ट अनलाइनलाई बताए ।

यसअघि कोराना जोखिम बढेसँगै भारतले रानीगञ्जसहित नेपालसँग सीमा जोडिएका चारवटा मात्र नाका खोलेको थियो तर जोखिम अझै बढेपछि ति नाकाहरुमा थप कडाइ गरिएको थियो।

भारतको रानीगञ्ज नाका नेपालको पूर्वी सीमाकाँकरभिट्टा नाकासँग सीमा जोडिएको छ । यसअघिनै नै त्यहाँ आइपुगेका मालवाहक सवारी नेपाल भित्रिसकेका छन् ।

पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका लक गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button