

कमल मिश्र
‘ढलेछ छाती ईभाङ्गको डाँडैमा
सामन्ती बन्धन तोडनू छ देशैमा’
२०३५साल चैत्र २७ गते ईलामको देउमाई खोला किनारमा पन्चायती ब्यवस्था द्वारा गोलिहानी हत्या गरिएका सहिद रत्नकुमार वान्तवा। बिसं २०३५साल पौष ११गते स्थापना भएको तत्कालिन नेकपा माले का संस्थापक केन्द्रीय सदस्य एवं मेची कोशीका प्रमुख वान्तवाको जन्मपनि २००८सालको चैत्र २७मै भएको र बामपन्थी नेता झलनाथ खनालको संम्पर्क बाट कम्युनिस्ट बनेका वान्तवाले गरीब परिवारमा जन्मिएर टुहुरो जीवन विताउदै उच्च शिक्षा काठमाडौं को त्रिचन्द्र कलेज बाट लिएका थिए। र, त्रिचन्द्र कलेजमा अध्ययन गर्दाका अति निकटका मानिने साथी हुन् नेकपाका सचिवालय सदस्य एवं बर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेल झापाको चन्द्रगढीघर भएका पोखरेल र ईलामको देउमाई चित्रे निवासी वान्तवा ले झापाका आन्दोलन कारी को समर्थन गरेर कलेज पढदा पढदै पार्टीमा लागेका थिए। फलस्वरुप झापालीहरु, रातोझन्डा वाला र मुक्तिमोर्चा समेत मिलेर माले स्थापना भ एपछि पोखरेल जनकपुरतिर र वान्तवा मेची अञ्चल मा कामगर्न बाँडिएको ३महिनामै गाउँका सामन्तहरूको षडयन्त्र मा प्रहरीले चलाएको गोलि लागेर हाल अशोक राईकी श्रीमती सुशीला श्रेष्ठ संगै पार्टी काममा हिडेका रत्न कुमार वान्तवाको चैत्र २७ कै दिन २७नै बर्षको उमेरमा निधन भयो जब साथीको हत्या खवर सुनियो तब वान्तवाका जिग्री दोस्त ईश्वर पोखरेलले माथिको गीत साथीको स्मृतिमा लेखेको भनिन्छ। हो सामन्ती सत्ता ढाल्न आह्वान गर्दै सहिदको संझनामा लेखिएको यहि गीत को उर्जाले पनि देशमा पुरानो सत्ता ढल्यो गणतन्त्र नेपालको स्थापना भयो र अहिले रत्न कुमार हरुले जन्माएको पार्टीको बहुमतको सरकार मात्र छैन वान्तवाका तिनै पुराना दोस्त ईश्वर पोखरेल अहिले सत्ता का हर्ताकर्ता छन। थाहाछैन अहिले सामन्ती प्रबृत्ति उन्मूलन भयो कि उल्टै कम्युनिस्ट का नाममा नव सामन्तवाद जन्मियो यसको मुल्याङ्कन जनताले गर्नेछन् । र जाँचको कसिमा ईश्वर पोखरेलहरु भोली पर्लान नै। तर, एउटा योद्धाले परिकल्पना गरेको शोषण रहित साशन ब्यवस्था को कार्यन्वयन साथिको नाममा गीत लेखेर लामो अनि कठीन भुमिगत जीवन विताएर अहिले सत्ता को बागडोर समातेका उनै ईश्वर पोखरेल हरुलाई रत्नकुमार बान्तवाको रगतले सदबुध्दि देओस कोरोना भाईरस को महामारी को चपेटामा परेका जनताको उपचार गर्न ल्याउँने सामान आदिमा ईश्वर पोखरेलहरु को भ्रस्टाचार मा शुन्य सहनशिलता देखियोस जनता सुखि वनुन देश उन्नत वनोस यहि हो रत्न कुमारको सपना यहिको उनको आशिर्वाद।
अत सहिदको रगतले लेखेको ईतिहाँस वोकेको पार्टीको सरकार ले सहिदको भावना अनुसार काम गरोस सहिदका साथी नव सामन्त नवनून २७चैत्रको अवसरमा देऊमाई किनारवाला पुर्वको रातोतारा सहिद रत्न कुमार वान्तवा प्रति हार्दिक श्रद्धाञ्जली। जीऊन्जेल नमाने पनि अवत मान्यौ होला कि रत्न तिम्रो आत्माले गोलोकमा वास पाओस सदगुरुदेव भगवान संग यहिं याचना गर्दछु। (शहीद रत्नकुमारको स्मृतिमा)



