खबर

संक्रमित युवकले राति पार गरेका थिए सीमा

रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो।

संक्रमित युवकसँगै ईशनाथका ३ जना दिल्लीबाट फर्किए। अन्य तीन जनाको रिपोर्ट भने निगेटिभ आएको छ।

भारतमा पनि लकडाउनको विस्तार भएसँगै उद्योग बन्द भए पछि चारै जना युवकहरु बिहारी साथीहरुसँगै पैदल निस्केका थिए। चैत १४ मा पैदलै हिँडेका सबैजनाले भारतको बिहारका यात्रुहरुसँगै ट्रकमा आएका थिए। ट्रकले १६ गते बिहान मोतिहारी पुर्‍याएको थियो।

मोतिहारीमा बिहान १० बजे झरेपछि चारैजना करिब ४० किलोमिटर पैदलै हिँडेर राति दश बजे नेपाल भारत सिमानामा अवस्थित आफ्नो गाउँ ईशनाथ नपाको मोतिपुर आइपुगेका थिए। चारैजनाले राति दश बजे नै चोर बाटोबाट नेपाल छिरेर आफ्नो घर पुगेका थिए। नागरिक दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button