खबर

अमेरिकाका पूर्व उपराष्ट्रपतिलाई यौन आरोप

एजेन्सी

अमेरिकाका पूर्व उपराष्ट्रपति जाय बाइडनले तीस वर्ष अघि निेटरको हैसियतमा रहँदा एकजना महिला सहयोगीलाई यौन दुरव्यवहार गरेको भनी आफु माथि लगाइएको आरोप अस्विकार गरेका छन् ।

त्यसबेला बाइडनको कार्यालयमा सहायक कर्मचारीको हैसियतले छोटो समय काम गरेकी तारा रिडेले भनेकी छिन्- ‘मेरो पूर्व बोसले मलाई भित्तामा टाँसेर आफ्ना दुुबै हात मेरो कमिज र स्कर्ट भित्र छिराएका थिए ।’

तर आगामी नेभेमवर महिनामा हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका संभावित उम्मेदवार ७७ वर्षीय बाइडनको चुनाव अभियान समुहले सो ओरोप सरासर गलत भएको दावी गरेको छ ।

गत मार्चमा पत्रकारलाई अन्तर्वार्ता दिने क्रममा ५६ वर्षीया रिडेले सन् १९९३ मा यो घटना घटेको आरोप लगाएकी हुन् । बाइडनले महिलाहरुसंग यस्तो उजुरी गर्ने अधिकार रहेको तथा उजुरीको सम्मानपूवर्क सुनवाइ पनि हुनुपर्ने बताउँदै यस्ता उजुरीको स्वतन्त्र प्रेसले पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button