खेलकुद

जाभीको नजरमा ग्वार्डिओला विश्वकै उत्कृष्ट प्रशिक्षक

एजेन्सी – स्पेन तथा बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजले पेप ग्वार्डिओलालाई विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । पूर्व मिडफिल्डर जाभी आफै अहिले कतारको अल सादको प्रशिक्षकका रुपमा काम गरिरहेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा जाभी बार्सिलोनाका महत्त्वपूर्ण खेलाडी मध्ये एक थिए ।

‘इमान्दार भएर भन्दा म उनलाई विश्वमा अहिलेको उत्कृष्ट प्रशिक्षक मान्छु । म उनको कुनै पनि ज्ञानबाट प्रभावित छु र म त्यसको स्वागत गर्छु,’ जाभीले भने, ‘फुटबलमा उनी जस्तो प्रशिक्षक हुनु फाइदाजनक हो । म उनको जस्तै गर्ने कोशिस गर्दछु ।’

ग्वार्डिओला खेललाई जतिबेला पनि नियन्त्रणमा राख्न चाहने प्रसंग उल्लेख गर्दै जाभीले भने, ‘उनी बढी भन्दा बढी आफ्ना खेलाडीलाई बल नियन्त्रणमा राख्न प्रेरित गर्छन् । बल पोसेसन, आक्रमणमा बढी जोड दिन्छन् ।’ जाभीले ग्वार्डिओलाबाट धेरै सिक्न मिल्ने जनाउँदै भने, ‘उनको लक्ष्य, चाहना र लगावबाट धेरै जान्ने अवसर मिल्छ । अहिले म्यानचेस्टर सिटीमा पनि उनी सफल छन् ।’

जाभीले सिटी र प्रिमियर लिगका खेलाडीका विषयमा पनि चर्चा गरेका छन् । ‘मलाई प्रतिभावा खेलाडी मन पर्छ । अझ त्यसमा पनि टोलीका लागि आफ्नो क्षमता देखाउने खेलाडी विशेष लाग्छ, ‘उनले भने, ‘त्यसैले मलाई लाग्छ डेभिड सिल्भा असाधारण खेलाडी हुन् । त्यस्तै केभिन डि ब्रुइने पनि । ‘

अन्य खेलाडीका विषयमा उनले जोडे, ‘सर्जियो अगुइरोले टिमका लागि कसरी खेल्नुपर्छ भन्ने थाहा पाए । बर्नार्डो सिल्भा अद्भुत खेलाडी हुन् । रहिम स्टर्लिङ त्यस्तै छन् । उनीहरु सिटीका लागि विशेष छन् ।’hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button