
झापा मेचीनगरका नगरप्रमुख बिमल आचार्यलाई बिजयको खुल्ला पत्र
मेचीनगर । कारोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट लागू गरेको लकडाउनमा झापा मेचीनगरका जनप्रतिनिधीहरुको कार्यशैली र उनीहरुको कार्यप्रगतीका विषयमा यहाँका परिचित सामाजिक अगुवा बिजय डालमियाँले सामाजिक सञ्जाल मार्फमत नगरका प्रमुख खुल्ला पत्र लेखेकाछन् । डालमियाँले आफ्नो खुल्ला पत्रमा नगरका जनप्रतिनिधीहरुले लकडाउनको समयमा के कस्ता काम गरेकाछन् , आम नागरिकका लागि के कस्ता कार्यक्रम सञ्चालनमा ल्याइए आफ्नो खुल्ला पत्रमा जिज्ञास समेत राखेकाछन् ।
डालमियाँ यस क्षेत्रका नेपाली काँग्रेसका युवा नेताका साथै प्रतिष्ठित ब्यबसायी समेत हुन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत मेचीनगरका प्रमुख बिमल आचार्यलाई लेखेको खुल्ला पत्र यस्तो छ ।
श्रीमान नगर पिता बिमल आचार्य ज्यु जय नेपाल आज अति भए पछि एउटा खुल्ला पत्र लेख्दैछु नेपाल सरकार ले लकडाउन घोसना गरेको धेरै दिन भयो , यो बिचमा नगर पालिका को धेरै बिग्यप्ति र सुचना बिभिन्न समाचार माध्यम मा पडन र सुन्न पाइयो सबैमा कुनै न कुनै कुरा न गर्दा कार्वाहि गरिनेछ भनेर आएको छ आज सम्म आफु खुसि राहत बाड्ने, लकडाउन पालना न गर्ने, नगर को मापदन्ड लाइ खुले आम धज्जि उडाउने वडा अध्यक्ष लाइ, कति लाइ कारवाहि गरियो रु जानकारी भए आभारि हुने थिए, अब अर्को कुरा नगर सरकार ले आफ्ना जन्ता को लागि के के गरेको छ त्यो पनि जानकारी पाउ१ तपाइका जन्ता औसधि न पाएर तड्फि राखेका छन उनिहरुको लागि के ब्यवस्था गर्नु भएको छ जानकारि पाउँ तपाइका कार्यपालिका का सदस्य हरले चाहिने न चाहिने कुरा सामाजिक सन्जाल मा लेखेर हिन्डि रहदा के कार्वाहि गर्नु भयो जानकारी पाउ१ अब रहयो जन्ताको कुरा जन्तालाइ लकडाउन गरेर वाहा हरु लाइ चाहिने अत्याआवस्य बस्तु हरु को आपुर्ति को लागि के ब्यवस्था मिलाउनु भएको छ जानकारी पाउ१ छैन भन्ने अब हामि जन्ता को कुरा सुन्नुस लकडाउन लाइ पुर्ण लागु गर्ने हो भने जन्ता लाइ अति आव्स्यक खाध्यन्न र औसधि को लागि घर घरमा पुर्याउने ब्यवस्था मिलाउनुस, किसानलाइ आफ्नो खेति गर्न चाहिने मल बिउ र डिजल पेट्रोल को ब्यवस्था मिलाउनुस, किसान को उत्पादन नगर सरकार ले किने दिने ब्यव्स्था मिलाउनुस, स्वास्थ कर्मि र सुरक्षा कर्मि को उचित ब्यवस्था मिलाउनुस, एउटा हेल्प लाइन नम्बर बाट नगर को सबै कुरा को जानकारी दिने ब्यवस्था मिलाउनुस, तपाइको जहिले को गुनासो कर्मचारी ले सहयोग गरेन भन्ने सुनिन्छ तेस्ता कर्मचारी लाइ ठाडो कार्वाहि गरेर देखाउनुस , जन प्रति निधि ले असहयोग गरे नाम सार्वाजनिक गर्नुस , अब उपरान्त नगर प्रमुख र उप प्रमुख एउटै कार्यक्रम मा न हिड्नुस , नगर भित्र का बिभिन्न उधोग ब्यापार , सहाकारि , निजि स्कुलहरु सङ आफै गरेर नगर को कोस मा रकम जम्मा गर्न आग्रह गर्नुस, उत्पादन मुलक उधोग हरु निस्चित मापडन्ड बानाएर खुलाउने ब्यव्स्था मिलाउनुस , उडन्ते कुरा को पछो न लाग्नुस, मेचि आम्दा हस्पिटल लाइ करोना बिसेस हस्पिटल बनाउनुस, जन्ता लाइ नगर सरकार जन्ता को साथ मा छ भन्ने कुरा को बिस्वास दिलाउनुस किसान लाइ सिचाइ को ब्यव्स्था मिलानुस ् केहि कुर सकिन्दैन जस्तो लाग्छ भने यो यो कारण ले सक्दिन भन्नुस अनि हामि जन्ता गरेर देखाइ दिन्छौ, आज लाइ यति नै, जय नेपाल



