स्वास्थ्य

कोरोना अपडेट : अमेरिकामा ३९ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?

काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ।

नेपाली समय अनुसार आइतबार बिहान ८ बजेसम्म अमेरिकामा ३९ हजार १४ जनाको मृत्यु भएको तथ्यांक छ।

२४ घण्टामा अमेरिकामा १ हजार ८ सय भन्दा बढी मानिसको मृत्यु भएको छ।

त्यस्तै इटालीमा मृत्यु हुनेको संख्या २३ हजार २ सय २७ पुगेको छ। स्पेनमा २० हजार ६ सय ३९ जनाको मृत्यु भएको छ। फ्रान्समा १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ।
युकेमा १५ हजार ४ सय ६४ जनाको मृत्यु भएको तथ्यांक रहेको छ।

विश्वभर एक लाख ६० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार आइतबार बिहान ८ बजेसम्म विश्वमा १ लाख ६० हजार ५ सय १८ जनाको मृत्यु भइसकेको छ।

२४ घण्टामा ८१ हजार भन्दा बढीम मानिस संक्रमित भएका छन्। योसँगै विश्वमा संक्रमितको संख्या २३ लाख २८ हजार १ सय २४ पुगेको छ।

अमेरिकामा शनिबार २९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। यो सँगै अमेरिकामा संक्रमितको संख्या ७ लाख ३४ हजार ५ सय ५२ पुगेको छ।

स्पेनमा १ लाख ९४ हजार ४ सय १६ जना मानिस संक्रमित भएका छन्। इटालीमा संक्रमितको संख्या १ लाख ७५ हजार ९ सय २५ पुगेको छ। फ्रान्समा १ लाख ५२ हजार ९ सय ७८ जना मानिस संक्रमित भएका छन्। जर्मनीमा १ लाख ४३ हजार ७ सय २४ जना मानिस संक्रमित भएका छन्। युकेमा संक्रमितको संख्या १ लाख १५ हजार ३ सय १४ पुगेको छ।

संक्रमित बिरामी उपचारपछि निको भएर घर फर्किनेको संख्या ५ लाख ९४ हजार १ सय ९२ पुगेको छ।

जर्मनीमम निको भएर घर फर्किनेको संख्या ८५ हजार ४ सय पुगेको छ। चीनमा ७७ हजार ६ सय २४ जना निको भएर घर फर्किसकेका छन्। स्पेनमा ७४ हजार ७ सय ९७ जना निको भएर घर फर्किसकेका छन्। अमेरिकामा ६६ हजार ५ सय मानिस निको भएर घर फर्किसकेका छन्।

सार्क राष्ट्रको अवस्था
सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भातरमा २४ घण्टामा १ हजार भन्दाबढी मानिस संक्रमित भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ। ५ सय २१ जनाको मृत्यु भएको छ। २ हजार ४ सय ६३ जना निका भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा २४ घण्टामा ६ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या ७ हजार ६ सय ३८ पुगेको छ। १ सय ४३ जनाको मृत्यु भएको छ। १ हजार ८ सय ३२ जना निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा २ हजार १ सय ४४ जना मानिस संक्रमित भएका छन्। ८४ जनाको मृत्यु भएको छ। ६६ जना निको भएर घर फर्किसकेका छन्। बंगलादेशमा एकै दिनमा ९ जनाको मृत्यु भएको छ भने ३ सय भन्दाबढी मानिस संक्रमित भएका छन्।

अफगानिस्तानमा संक्रमितको संख्या ९ सय ३३ पुगेको छ। ३० जनाको मृत्यु भएको छ। १ सय १२ जना मानिस निको भएर घर फर्किसकेका छन्। एकै दिनमा अफ्गानिस्तानमा २७ जना संक्रमित भेटिएका छन्।

श्रीलंकमा २ सय ५४ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ६८ जना मानिस निको भएर घर फर्किसका छन्।

माल्दिभ्समा शनिबार ६ जना संक्रमित थपिएका छन्। यो सँगै संक्रमितको संख्या ३५ पुगेको छ। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ।

शनिबार नेपालमा एक जना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ। तीन जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ५ जना संक्रमित भएका छन्। २ जना निको भएर घर फर्किसकेका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button