
इटहरी । देशभरकै चर्चित इटहरीका मेयर द्धारिकलाल चौधरी बेला बेला विभिन्न विषयमा देशभर चर्चामा आउछन । आफू माओको सिद्धान्त र चिनियाँ क्रान्तिबाट प्रभावित जब्बर कम्युनिष्ट कार्यकर्ता भएको बताउने मेयर चौधरी लकडाउनमा आफ्नै खेतीपातीमा ब्यस्त रहेको फेसबुक मार्फत सार्वजनिक गगरेका छन ।
यतिबेला कोरोना भाईरस नियन्त्रण एवं रोकथामका लागि भएको लकडाउनमा राहत संकलन,वितरण देखि लिएर आफ्नै व्यक्तिगत काममा समेत व्यस्त छन । पछिल्लो केहि दिन यता राहत कोषमा रकम जम्मा गरेर विपन्न परिवारलाई खाद्यन्न दिन उनको अग्रसरता बढ्दो छ ।
लकडाउन शुरु भएपश्चात न्यून आय भएका विपन्न वर्गलाइ राहत वितरण गर्न उपमहानगरपालिकाको राहत कोष खडा गरे । सहयोग गर्नेहरुको विवरण आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिरहेका मेयर चौधरी पछिल्ला केही दिन यता आफ्ना कान्छा छोरा सँग मकै रोपिरहेको तस्बीर सार्वजनिक गरेका छन ।
कुनै बेला भ्रष्टाचार बिरोधी आफ्नो अभियानमा पाटी बाधक भए पाटी र राजनिती छोडी खेती किसानी गरेर जिविकोपार्जन गर्ने अभिव्यक्ती दिएका मेयर चौधरी लकडाउनको सदुपयोग गरिरहेका छन । लगातार दुई दिन आफ्नो कान्छा छोराको साथमा मकै रोप्दै गरेको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेपछी अधिकांशले उनको सरल पनको प्रशंसा गरेका छन ।
लकडाउनले फुर्सदिलो बनेपछी मेयरले आफ्नो व्यक्तिगत जिवनका गतिविधी सार्वजनिक गर्दै आफू खेतीपाती गर्ने कार्यमा स्वयं संलग्न रहेको सन्देश दिएका छन । पछिल्लो समय आफ्ना गतिविधी सार्वजनिक गर्न थालेका मेयरले इटहरी १ मा अवस्थित मुसहरी टोलको बाटो ४० फुटे कायम गर्न काम गर्दै गरेको डोजरको अनुगमन गरेको तस्बिर समेत सार्वजनिक गरेका छन ।सञ्चारपाटी



