स्वास्थ्य

कोरोना संक्रमितमा पुरुष धेरै, संक्रमितमध्ये अधिकांशमा लक्षण नै देखिएन

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।

संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन । राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button