खबर

देउवाले दिए नवगठित जसपा पार्टीका नेताहरुलाई बधाई

काठमाडौं,

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशवादी दुई दल एकीकरण भएकोमा खुशी व्यक्त गरेका छन् ।

उनले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ (जसपा) बनेकोमा पार्टीका नेताहरुलाई बधाई ज्ञापन गरे ।

देउवाले यो एकताले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो भने आज नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ भने झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ।नारायणी अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button