खबर

भुल्केमा कसरी संक्रमण फैलियो ? तीन दिनभित्र खुलासा हुने

एकैचोटी दर्जन बढीमा संक्रमण भेटिएपछि ठाडा कान पारेका नगरपालिका, प्रशासन, स्वास्थ्य र जिल्ला कोभिड प्रतिकार समितिले भोलिपल्टै मस्जिद आसपासका भुल्केबासीको स्वास्थ्य परीक्षणको माग गरे अनुसार प्रदेश सरकारले टोली पठायो।

सरुवा रोग विशेषज्ञ डा. जयवेन्द्र यादव नेतृत्वको स्वास्थ्य टोलीले ६ गते मस्जिद आउजाउ गर्ने तथा संक्रमित धर्म प्रचारकसँग भेटघाट गर्ने ६० मुस्लिमसहित ६९ को ‘स्याम्पलिङ’ स्वाव संकलन गरी लग्यो। ३ दिनपछि संक्रमणको आशंका गरिएका थप ८ जनालाई ‘रिकन्फर्म’ गर्नुपर्ने भनेपछि एम्बुलेन्समार्फत उनीहरुलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठायो। त्यहाँ उनीहरुमा संक्रमण पुष्टि भयो।

संक्रमितहरु सुरुमा मस्जिदमा भेटिए पनि पछिल्लो नतिजाले संक्रमण कोबाट कसरी सुरु भयो भन्ने विषयमा अहिले माथापच्ची चलिरहेको छ ।

मस्जिदका धर्म प्रचारकबाट नभएर संक्रमण उनीहरुबाट भएको अनुमान लगाउने प्रसस्तै भए पनि भारतीयको उदयपुर ‘प्रवेश विन्दु’ शिवाईको रिपोर्ट नआएसम्म भन्न नसकिने जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगर बताउँछन्। धर्म प्रचारकको ट्राभल हिस्ट्रीदेखि ‘कन्ट्याक्ट ट्रेसिङ’ सम्म अग्रमोर्चामा खटेका एसपी मगरका अनुसार बढीमा ३ दिनभित्र यो कुराको खुलासा भईसक्नेछ। नागरिक दैनिकमा महेश्वर चामलिङ राईले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button