खबर

एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला

न्युज अफ नेपाल, कैलाली ।

निजी विद्यालयहरुको छाता संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् । भुसाल कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल तथा सञ्चालकसमेत हुन्।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । उनको आँखा, मुख र घुँडामा चोट देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताइएको छ ।

स्थानीयबासीले उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् ।
स्थानीयका अनुसार उनी साइकलमा पहलवानपुरबाट घर तर्फ गइरहेका थिए। शरीरका धेरै ठाउँमा चोटपटक देखिएकाले हत्या नै भएको हुनसक्ने शंका प्रहरीको छ। घटनास्थल नजिकै सशस्त्र प्रहरीको पोष्ट पनि रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button