खबर

नेकपाद्वारा राजबन्दी र सहिद परिवारलाई राहत वितरण

अछाम : विश्व कोरोनाको प्रभावले आक्रान्त भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी अछामले राहत बाँड्न सुरु गरेको छ । सरकारद्वारा बिनाकारण गिरफ्तार गरिएका १० जना राजबन्दी र अछाम जिल्लाभरका १२६ जना सहिद तथा बेपत्ता परिवारलाई राहत बाँड्न सुरु गरिएको समाचारमा जनाइएको छ ।

राहत वितरण कार्यक्रमको पहिलो दिन शुत्रबार १३ जनालाई राहत बाँडिएको जानकारी अछाम जिल्ला जनसरकार प्रमुख सौगातले दिए । सरकारको राहत वितरणकार्य प्रचारमुखी र कार्यकर्ता पोस्ने मात्र भएको उनले बताए । बन्दाबन्दीको बेला मूल्य वृद्धि गर्ने जोकोहीलाई पनि कडा कारबाही गरिने उनले बताए । उनका अनुसार राहत वितरण कार्यक्रम अझै केही दिन चल्नेछ ।२०७७, १३ बैशाख शनिबार  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button