स्वास्थ्य

के सिंगापुर बन्दै छ कोरोना भाइरसको नयाँ हटस्पट केन्द्र?

एजेन्सी- कुनै समय कोरोना भाइरस रोक्न सफल भएको भन्दै सिंगापुरको प्रशंसा भएको थियो। ५० लाख जनसंख्या रहेको सिंगापुर सबै देशको ट्रान्जिट भएर पनि कोरोना रोक्न सफल भएको भन्दै विश्वभर प्रशंसा सेलाउन नपाउँदै नयाँ हटस्पटको रुपमा विकास हुने खतरा बढेको छ।

अहिले सिंगापुरमा तीव्र गतिमा कोरोना संक्रमण फैलन थालेको छ। सिंगापुरमा अहिले १३ हजार संक्रमित पुगेका छन्। चीन र भारतपछि अहिले सबैभन्दा धेरै संक्रमित भएको एशियाको देशको रुपमा सिंगापुर सामुन्ने आएको छ। यी दुई देशको जनसंख्या एक अर्बभन्दा माथि छ।

उनीहरुको तुलनामा सिंगापुरमा धेरै संक्रमण फैलिएको पाइएको छ। सिंगापुर सरकारले अहिले हरेक दिन हजारौं मानिसमा कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ। यसरी परीक्षण गरिनेमा धेरै प्रवासी मजदुर रहेका छन्। सिंगापुरमा कन्स्ट्रक्सनको काम गर्न दक्षिण एशियाका देशहरुबाट हजारौंको संख्यामा मजदुर यहाँ आउने गर्दछन्।

यसरी आएका मजदुरहरु साझा कोठामा बस्ने भएकाले उनीहरुबाट कोरोना भाइरस तीव्र रुपमा फैलिएको आशंका गरिएको छ। आइतबारमात्र सिंगापुरमा ९ सय ३१ नयाँ संक्रमित देखिएका थिए। यसरी संक्रमित हुनेहरूमा प्रायः बाहिरबाट आएका मानिसहरु रहेका छन्। यहाँका स्थानीय निवासी भने १५ जना नयाँ बिरामी देखिएका छन्।

सिंगापुरले टेस्टिङ बढाउने तयारी गरेको छ। प्रधानमन्त्री ली सीन लुंगले देशभित्रै किट बनाउने र बाहिरबाट आयात गर्ने कार्य भइरहेको बताए। सिंगापुरमा मंगलबार बिहानसम्म १४ हजार ४ सय संक्रमित छन्। सिंगापुरमा हालसम्म १४ जनाले मात्र ज्यान गुमाएका छन्।swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button