कला

अभिनेता इरफान खानको मृत्यु

मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्।पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए।गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। एजेन्सी

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button