खबर

शरणार्थी बालबालिकाको तस्वीर पुरस्कृत

ढाका,एजेन्सी।

बंगलादेशको कोक्स बजार स्थित विशाल रोहिँग्या शरणार्थी शिविरमा खाना थाप्न लाइनमा उभिरहेका भोकाएका बालबालिकाहरुको तस्वीर खिचेर बंगलादेशका फोटो पत्रकार के एम असादले पिन्क लेडी फुड फोटोग्फर अफ दि इयर २०२० उपाधि जितेका छन् । म्यान्मारको गृहयुद्धका कारण लाखौं अल्पमत समुहका रोहिँग्या मुशलमान भागेर बंगलादेशमा शरण लिन पुगेका थिए ।

कोरान भाइरसको महामारीको कारण सो शिविरमा रहेका द लाख भन्दा बढि रोहिँग्या शरणर्थीहरुलाइृ लकडाउनमा राखिएको हो । उक्त प्रतिष्ठित पुरुस्कारका संस्थापक तथा निर्देशक क्यारालिन केनयोनले भनेका छन् , ‘यस मर्मस्पर्शी तवीरले वर्तमान परिस्थितीलाई राम्ररी सम्वोधन गरेको छ । संसारै कोभिड १९ को कब्जामा रहेकोबेला अहिले हाम्रो सामन्य जीवशैली नै खतम भएको छ ।

यि रोहिँग्या शरणार्थी बालबालिकाहरुले जीवनको नाजुकता र संसारका सबैलाई बाँच्नका लागि खाना आवश्यक रहेको स्पष्ट सन्देश दिएका छन्। विश्वका सत्तरी वटा भन्दा बढि मुलुकका ९ हजार भन्दा बढि व्यक्तिले सो पुरुस्कारको दावी गर्दै प्रतिस्पर्धा गरेका थिए । अनलाइन लाइभस्ट्रिम कार्यक्रम आयोजना गरी निर्णायक मण्डलले सो पुरुस्कार विजयी घोषणा गरेको हो ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button