खबर

लकडाउन पालना नभएको भन्दै स्थानियकै गुनासो

ललितपुर। धादिङको गल्छीगाउँपालिका वडा नं ४ अदुवाबारी रेग्मी टोलमा लकडाउनको उल्लंघन भएको स्थानियलेनै गुनासो गरेकाछन् ।अदुवाबारी रेग्मी टोलका स्थानीय दिपक रेग्मीका अनुसार रेग्मी टोलमा रहेको एक पसलमा अवैध मदिराको बिक्री र तास खेलाउने गरिएको उनको आरोप छ ।
रेग्मीले चौतारी पोष्ट अनलाइनलाई जानकारी गराए अनुसार त्यहाँ रहेको एक पसलमा मदिराको बिक्री वितरणका अलुवा मानिस भेला भएर तास समेत खेल्ने खेलाउने गरेको उनले बताए । रेग्मीका अनुसार करिब २० देखि ३० जना सम्म मानिसहरु भेला हुने गरेकाले सोका बारेमा स्थानिय प्रहरीलाई खबर गर्दा समेत मानिसहरुको जमघट नरोकिएको उनको भनाई रहेको छ । कोरोना भाइरसको संक्रमण र रोकथामका लागि सरकारले लगाएको लकडाउनको पालना नभएको र मानिसहरुको जमघटका कारण लकडाउनको ठाडो उल्लंघन भएको उनको रेग्मीको गुनासो समेत रहेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नागरिक स्वयम सजक र सकृय हुनु पर्नेमा रेग्मी टोलमा देखिएको जमघटले स्थानियमा चिन्ता समेत थपिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button