खबर

सीमापारि रोकिएका भित्रिएसँगै बढ्यो कोरोनाको जोखिम

बैतडी/दार्चुला – झुलाघाट नाकाबाट बिहीबार एक हजार दुई सय ९९ जना भित्रिए। भारतको पिथौरागढ जिल्ला प्रशासनले ८ सय ३७ जना नेपाली क्वारेन्टाइनमा रहेको जानकारी बैतडी जिल्ला प्रशासनलाई गराएको थियो। तर भारतीय पक्षले उपलब्ध गराएको तथ्यांकभन्दा डेढी बढी आएकाले व्यवस्थापनमा समस्या भएको छ।

‘हामीले करिब नौ सयजना आउने अनुमान गरेका थियौं,’ बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भने, ‘तर धेरैजना आएपछि व्यवस्थापनमा समस्या भयो।’

उताबाट आएकालाई सोही दिन सीमानाकामा स्वास्थ्य जाँच गरी सम्बन्धित जिल्ला वा स्थानीय तहमा पठाउने तयारी भए पनि दुई सय ७४ जनालाई दशरथचन्द नगरपालिकाको ज्ञानेश्वर माविमा एक रात राख्नुप¥यो। उनीहरुले त्यो रात खाना खान पनि पाएनन्। चिउराकै भरमा रात कटाए।

भारतीय प्रशासनले दिएको तथ्यांक अनुसार गाडीको व्यवस्था गरिएको थियो। तर अनुमान गरेभन्दा बढी भित्रिएपछि व्यवस्थापनको मात्र होइन कोरोना संक्रमणको पनि जोखिम बढेको छ। उताबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनिए पनि सबै बसेका छैनन्।  नागरिक दैनिकमा बिरा गडाल र प्रेम चुनाराले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button