
ललितपुर। विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड१९)का कारण अहिले सम्मस विश्वमा ३४ लाख ७९ हजार ५ सय २१ जना संक्रमित भएका छन् ।
संक्रमित भएका मध्ये २ लाख ४४ हजार ५ सय ८१ जनाको मृत्यु भएको छ । ११ लाख ८ हजार २३ जना उपचार पछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्र ११ लाख ५९ हजार बढी संक्रमित हुँदा ६७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ ।
यसै गरि स्पेनमा २ लाख ४५ हजार बढी संक्रमित हुंदा २५ हजार १ सयको मृत्यु भएको छ । यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार हुंदा मृतकको संख्या २८ हजार ७ सय नाघेको छ ।
बेलायतमा १ लाख ८२ हजार बढी कोरोना संक्रमित र २८ हजारको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६८ हजार बढी संक्रमित मध्ये मृत्यु हुनेको संख्या २४ हजार ७ सय नाघेको छ ।
जर्मनीमा १ लाख ६४ हजार ९ सय संक्रमित र ६ हजार ८ सय बढीको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ ।
करिब ४० हजार संक्रमित हुंदा मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या १९ हजार बढी छ भने ४ सय ३७ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।



