
न्युज अफ नेपाल, काठमाडौँ ।
कोरोना संक्रमित बढेपछि नेपालगन्जमा सेना परिचालन गरिएको छ ।
संक्रमित बढेसँगै आजबाट २५ गतेसम्मका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा निषेधज्ञा जारी गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएका छन् । यसअघि नेपालगन्जमा १५ जना संक्रमित भेटिएका थिए ।
नेपालगन्जमा भेटिएका पहिला संक्रमितको सम्पर्कमा आएका ९० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हो । संक्रमितमा ७ वर्षीय बालकदेखि ६० वर्षसम्मका वृद्ध समेत रहेका छन् ।
संक्रमित उनीहरुको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।



