मूल खबर

लकडाउनलाई निरन्तरता दिने सरकारको तयारी

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आजको बैठकले लकडाउनलाई फेरि पनि निरन्तरता दिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।

तर, प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको बताईएको छ । सरकारले कोरोना नियन्त्रणका लागि लिएको बाटो सही भएको पनि बैठकले निश्कर्ष निकालेको छ ।
यद्यपि लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने बिषयमा भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button