कला

गाईलाई भोजन गराउँदै सुहानाले मनाईन २२औँ जन्मदिन

काठमाडौं
यूवास्टार नायक अनमोल केसीसँग अनस्कृन जोडी बाँधेर पहिलो चलचित्रबाट नै चर्चामा आएकी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।

काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई सुहानाले केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् । त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाको जन्मदिन मनाइयो’, सुहानाकी आमा निर्देशक तथा अभिनेत्री झरना थापाले बताइन् ।

सुहाना आफ्नो पहिलो फिल्म ‘ए मेरो हजुर ३’ बाट नै चर्चित बनेकी हुन् । उनले यहि एउटा मात्र फिल्ममा अभिनय गरेको भएता पनि उनि दर्शकमाझ परिचित छन् । उनकी आमा झरना थापा चर्चित नायिका तथा निर्देशक हुन् भने उनका पिता सुनिल कुमार थापा फिल्म निर्माता हुन्।

सुहानाको पहिलो फिल्म आफ्नै ब्यानर सुहाना इन्टरटेन्टमेन्टबाट बनेको हो भने निर्देशक आमा झरना थापा हुन् ।फिल्मीखबर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button