खबर

आईएसएस प्रमुख उमर खोरासनी पक्राउ

अफगानिस्तानमा सुरक्षा बलले इस्लामिक स्टेटका दक्षिण एसियाली इकाइका नेता अुब उमर खोरासनीलाई गिरफतार गरेको छ । उक्त संगठन गत महिना काबुल स्थित गुरुद्वारमा भएको हमलामा संलग्न रहेको थियो । खोरसानीसँग उक्त इस्लामिक संगठनको गुप्तचर इकाईका प्रमुख तथा जनसम्पर्क अधिकृत पनि पक्राउ परेको अफगानिस्तानको आन्तरिक मन्त्रालय र जनरल डाइक्टोरेट अफ नेसनल सेक्युरिटीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

विज्ञप्तीमा एडीएस क्षत्रीय आतंककारी संगठनका सदस्यहरु पक्राउ गर्ने आफनो ब्यापक तथा लक्षित अभियान जारी राख्ने र उक्त आतंकाकारी नेटवर्कलाई ध्वस्त गरिरहने उल्लेख गरेको छ ।इस्लामिक स्टेटको दक्षिण एसिया इकाईको मुख्य ध्यान अफगानिस्तानको एक हिस्सामा रहेको छ । अफगानिस्तान सुरक्षा बलले यस अघि इस्लामिक स्टेट र हक्कानी समुहका ८ कट्टरपन्थीलाई पक्राउ गरिएको थियो ।

उनी गुरुद्वार सहित राजधानीका अन्य हिस्सामा भएका हमलाका लागि जिम्मेवार हुन् ।अफगानिस्तानमा संघर्ष अन्त्य गर्दै शान्ति बहाल गर्ने प्रयास भइरहेको बेला आइतबार राती पुर्वी लगमान प्रान्त सैन्य जाँच चौकीमा हमला गरिएको थियो । जसमा ६ सैनिकको मृत्यु र पाँच घाइते भएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button