खबर

इलामका तीन ठाउँमा जलाइयो नरेन्द्र मोदीको पुतला

काठमाडौँ : भारतले नेपालको लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा इलामका तीन स्थानमा नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएको खबर प्राप्त भएको छ । इलामबाट प्राप्त समाचारअनुसार जिल्लाका पशुपतिनगर, फिक्कल र गोलाखर्क भञ्ज्याङमा जनसहभागितामा मोदीको पुतला जलाइएको हो ।

समाचारमा जनाइएअनुसार कार्यक्रममा नेकपाका इलाम जिल्ला सेक्रेटरी छिरिङ, पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल इलामका अध्यक्ष सागरलगायतले अतिक्रमणकारी भारतीय साम्राज्यवादले नेपालमा उसको दलाल सरकार रहेका कारण नेपाली भूमिमाथि अतिक्रमण गरेको बताएका थिए । देशभक्त, क्रान्तिकारी शक्ति र जनताको एकताबाट भारतीय साम्राज्यवाद परास्त हुने उनीहरूको भनाइ थियो । तीनवटै कार्यक्रममा जनताको व्यापक उपस्थिति रहेको बताइएको छ । ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button