खेलकुद

‘डर्टमण्डमै केन्द्रित छु’ : हालान्ड

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमण्डका युवा स्टार अर्लिङ ब्राउट हालाण्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई अस्वीकार गरेका छन् । १९ वर्षे युवा फरवार्ड हालाण्डले आफु डर्टमण्डमै केन्द्रित रहेको बताउँदै रियल जाने चर्चालाई अस्वीकार गरेका हुन् ।

गत जनवरीमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड आएयता सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालाण्डलाई अनुबन्ध गर्ने समाचार सञ्चार माध्यममा बाहिरिएको थियो । ‘म यहाँ (डर्टमन्ड) मा केन्द्रित छु । मलाई चाहनेमा ध्यान दिएको छैन ।’ हालाण्डले भने, ‘म मेरो कामबारे सोच्छु जुन मलाई मन पर्छ । मेरो ध्यानमा यसैमा छ । पक्कै पनि मैले डर्टमण्डमा राम्रो सुरुवात गरे । हरेक दिन सुधार गर्न म केन्द्रित छु । म अझै राम्रो गर्ने कोशिस गर्ने छु ।’

हालान्डको रिलिज क्लज ६५ मिलियन पाउन्ड छ । जनवरीमा साल्जवर्गबाट डर्टमण्ड आएका हालाण्डले ११ खेलमा १२ गोल गरिसकेका छन् । गोल मेसिनको रुपमा अघि बढिरहेको हालान्डले यो सिजन उनले ३३ खेलमा ४० गोल गरेका छन् । जसमा १० गोल च्याम्पियन्स लिगमा मात्रै रहेको छ ।

कोरोना भाइरसको महामारीपछि स्थगित बुन्डेस लिगा यही शनिबारदेखि सुचारु हुँदैछ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ । डर्टमण्ड शीर्ष स्थानको बायर्न म्युनिख भन्दा ४ अंकले पछि रहेको छ । डर्टमन्डको ५१ तथा बायर्नको ५५ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button