
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका थुनुवामा कोरोना भेटियो रे भन्ने हल्ला शुत्रबार विहान देखि फैलियो । इलाका प्रहरी कार्यालय इटहरी भित्रै कोरोना भेटियो रे भन्नेहरु बढ्दै गए । कोरोना भेटिएको अपुष्ट खबर सोधीखोजी गर्नेहरुको सख्या ह्वात्तै बढ्यो । एक पछि अर्को गर्दै पुरै शहर अहिले त्रसित बन्न पुगेको छ ।
अहिले इटहरी आसपासका अधिकांस सर्वसाधरणहरुले इटहरी इलाका प्रहरी कार्यालय भित्र कोरोना भेटियो भन्दै हल्ला फिजाईरहेका छन । अहिले अधिकांस इटहरीबासीले इलाका प्रहरी कार्यालय भित्र थुनुवामा कोरोना भेटिएको मौखिक खबर फैसलएको छ ।
यो हो वास्तविकता ?
इलाका प्रहरी कार्यलय इटहरीमा थुनामा रहेका तरहराका एक युवालाई सामान्य ज्वरो आयो । कोरोनाको आशंकमा उनलाई चेकजाँचको लागि स्थानीय अस्पताल लगियो । उनको स्वास्थ्य परिक्षणको क्रममा आरडिटी चाँजमा कोरोना पोजेटिभ देखिएको थियो । थुनुवामा कोरोना पोजेटिभ देखिए पछि शसंकित प्रहरीले उनको पुःन आरडिटी टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा एउटै ब्यक्तिको रिपोर्ट पोजिटिभ र नेगेटिभ देखाएको भन्दै रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) परीक्षणका लागि धरान स्थित वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको छ । उनको स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।पिसिआर रिपोर्ट आउन बाँकी छ । सञ्चारपाटी



