मूल खबर

नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४२७ पुग्यो

ललितपुर । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएकाछन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई कोभिड (१९ पोजेटिभ देखिएको हो ।अहिलेसम्म ३८ वटा जिल्लामा सङ्क्रमण देखिएको छ ।संक्रमितहरु तीनवर्षदेखि ४८ वर्षसम्मका रहेको बताईएको छ ।

अहिलेसम्म ३५ हजार ४९४ पीसीआर परीक्षण र ७५ हजार ७२ आरडीटी परीक्षण प्रवक्ता डा देबकोटाले जानकार दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button