
एजेन्सी – इटालियन क्लब इन्टर मिलानले उरुग्वे तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान फरवार्ड एडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ ।
कभानीलाई प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड, न्यु क्यासल युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । तर, इन्टर काभानी अनुबन्ध दौडमा अगाडी देखिएको छ । काभानीको पीएसजीसँगको सम्झौता जुनमा सकिदैछ ।
इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले काभानीलाई आकर्षक मुल्यमा ३३ बर्षका फरवार्डलाई तीन वर्षको अनुबन्धन प्रस्ताव पेश गर्न लागेको बुझिएको छ । काभनी २०१३ मा इटालियन क्लब नेपोलीबाट पीएसजी पुगेका थिए ।
यस्तै अर्काे सिजनबाट आक्रमक रुपमा आउने तयारी गरिरहेको न्यु क्यासलले काभानीलाई आकर्षक प्रस्ताव लैजाने योजना अघि सारेको छ । तर, काभानीले च्याम्पियन्स लिग खेल्ने टोलीमै अनुबन्ध हुन सक्नेछन् । काभनी जनवरीमै लण्डन क्लब चेल्सीसँग जोडिएका थिए ।
काभानी पीएसजीसँग सम्झौता नविकरणमा इच्छुक देखिएपनि क्लबबाट खासै आकर्षक प्रस्ताव नआएपछि काभानीले नयाँ गन्तव्य खोजिरहेका छन् । उरुग्वेका फरवार्डले सबै प्रतियोगितामा यस सिजन ७ गोल गर्नुका साथै ३ गोलको अवसर सिर्जना गरेका छन् । उनले पीएजीका लागि ३०० खेलमा २०० गोल पुरा गरेका छन् ।hamrokhelkud/from



