खेलकुद

वल्फ्सवर्गसँग लिभरकुसानको हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा बायर लिभरकुसानले वल्फ्सवर्गसँग हार बेहोेरेको छ । घरेलु मैदानमा लिभरकुसानले वल्फ्सवर्गसँग ४–१ को फराकिलो हार बेहोेरेको हो ।

मंगलबार राति भएको खेलमा वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए । घरेलु मैदानमा लिभरकुसानले पाहुना टोलीलाई दवावमा राखेपनि वल्फ्सवर्गले पाएको अवसरलाई सदुपयोग गर्दा फराकिलो जित निकाल्न सफल भयो ।

पहिलो हाफमा दुवै टोलीले पाएको केही मौकालाई खेल फालेको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीतर्फ धकेलिदा वल्फ्सवर्गका मारिनले ४३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो गोलसँगै हौसिएको वल्फ्सवर्गले दोस्रो हाफमा थप तीन गोल गर्दा एक गोल खान पुगेको थियो । ६४औं मिनेटमा अर्नाेल्डले गोल गर्दै वल्फ्सवर्गको अग्रता दोब्बर पारे । त्यसको ४ मिनेटपछि रेनाटो स्टेफेनले गोल गर्दै वल्फ्सवर्गलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

७५औं मिनेटमा मारिन पोनग्रासिसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वल्फ्सवर्गलाई ४–० को अग्रता दिलाए । खेल सकिन ५ मिनेट बाँकी रहँदा लिभरकुसानका जुलियनले गोल गरेपनि ४–१ को हार टार्न सकेन ।

जितसँगै वल्फ्सवर्ग २८ खेलबाट ४२ अंक जोडेर छैटौ स्थानमा यथावत रहँदा पराजित लिभरकुसान ५३ अंकसहित पाँचौ स्थानमा यथावत रहेको छ । बुन्डेस लिगाका अन्य खेलमा फ्रान्कफर्ट र फ्रेइवर्गले ३–३ गोलको तथा वेर्डर ब्रेमेन र बोरुसिया मोन्चेनग्लाडवाचले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button