
मेचीनगर ।
भारतबाट आएका मानिस लुकिछिपि क्वारेन्टाइन नबसी घरमा आएर बसे पछि झापा मेचीनगरको वडा नं ७ को एउटा घर सिल गरिएको छ ।
मेचीनगर नगरपालिका वडा नं ७ मा रहेको सो घरमा भाडामा बस्ने ब्यक्ति भारतबाट पश्चिम नेपालको नाका हुँदै नेपाल प्रवेश गरेका र क्वारेन्टाईनमा नबसी उनी सिधै घरमा आएको छिमेकीले थाहा पाए पछि मेचीनगर नगरपालिका कार्यालयले उक्त घर सिल गरेको नगरपालिकाले जनाएको छ ।
भारतबाट आउने अधिकाशंलाई कोरोना भाइरसको संक्रमण देखा परिरहेकाले जोखिम नियन्त्रणका लागि उक्त घर सिल गर्नु परेको नगरपालिका स्रोतले जनाएको छ ।
भारतबाट आएको मान्छे क्वारेन्टाइनमा नबसी सिधै घरमा आएर बसेको थाहा पाए पछि गाउँलेले नगरपालिकामा उक्त घरका मान्छेलाई बाहिर निस्कन नदिने ब्यवस्था गर्न माग गरेका ती ब्यक्तिको बारेमा जानकारी भए पछि नगरप्रहरीले घरको चारकिल्ला डोरीले बाँधेर सिल गरेको स्रोतले बताएको छ । घरका कोही कसैलाई बाहिर निस्कन नदिने गरी ब्यवस्था गरिएको मेचीनगरका एक नगरप्रहरीले बताए ।
दुई वालवालिका सहित ८ जनाको परिवार रहेको सो घरका मानिसलाई दैनिक उपभोग्य सामग्रीको ब्यवस्थापनका लागि स्थानिय टोल बिकास संस्थाले ब्यवस्थापनको जिम्मेवारी लिएको मेचीनगरनगरपालिकाले जनाएको छ ।



