मूल खबर

नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो

ललितपुर।

बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी रहेको तथ्याङ््कले देखाउँछ । बिशेषगरी तराई मधेशका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भईरहेको छ ।

हालसम्म १ लाख २ हजार ३४ जनाको आरडिटी बिधिमार्फत् कोरोना परीक्षण भएको छन् । यस्तै कोरोना संक्रमणमुक्त भई घर फर्केकाहरुको संख्या १८७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म पाँच जना कोरोना संक्रमितको ज्यान गईसकेको छ । बुधबार रातीमात्रै ललितपुरस्थित किष्ट हस्पिटलमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको प्रवक्ता देवकोटाले पुष्टि गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button