मूल खबर

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुत्यृ हुनेको संख्या ६, संक्रमितको संख्या १२ सय १२ पुग्यो

ललितपुर ।

नेपालमा शुक्रबारसम्म कोरोना संक्रमितको संख्या १२सय१२ पुगेको छ भने मत्यु हुनेको संख्या ६ पुगेको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरेका छन् ।

उनको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो । यसअघि गुल्मी, बाँके, सिन्धुपाल्चोक, ललितपुर र बाराका १–१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रवक्ता डा देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button