खेलकुद

फ्रेइवर्गमाथि लिभरकुसानको जित

एजेन्सी – बायर लिभरकुसान जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । शुक्रबार राति भएको खेलमा लिभरकुसानले फ्रेइवर्गमाथि १–० को जित निकाल्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो ।

लिभरकुसानको २९ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको आरबी लाइप्जिगको ५५ अंक रहेको छ । पराजित फ्रेइवर्ग ३८ अंक जोडेर आठौं स्थानमा यथावत छ ।

फ्रेइवर्गमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लिभरकुसानले एक गोल गर्दै महत्वपुर्ण ३ अंक लिन सफल भएको हो । ५४औं मिनेटमा केए हाभेट्जले गरेको गोल नै लिभरकुसानको जितमा निर्णायक बन्यो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौकाहरु खेर फालेका थिए ।

बुन्डेस लिगामा आज राति ५ खेल हुदैछ । हेर्था बर्लिन र अग्सवर्ग, माइन्ज र होफेनहाइन, साल्के र वेर्डर ब्रेमेन, वल्फ्सवर्ग र फ्रान्कफर्ट तथा बायर्न म्युनिख र डुसेलडर्फबीच प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button