मेचीनगर ।
झापाली कम्युनिष्ट नेता हंशलाल राजबंशीको आज निधन भएको छ । तीन दिन अघि ब्रेन हेमरेज भए पछि बिराटनगर स्थीत न्युरो अस्पतालमा उपचार गराइरहेका राजबंशीको आज ( निधन भएको हो ।
नेपाल कम्युनिष्ट पाटी( नेकपा) प्रदेश कमिटि सदस्य समेत रहनु भएका राजबंशीको उपचारकैक्रममा ६३ बर्षको उमेरमा निधन भएको नेकपा नेता तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले बताए ।

२०३५ सालदेखि बिद्यार्थी आन्दोलनमा होमिएका राजबंशीले आफ्नो राजनीतिक यात्रा तत्कालिन अनेरास्ववियूबाट शुरु गेरका थिए ।पछि उनी केन्द्रीय सदस्य समेत बनेका थिए ।
तत्कालिनिनेकपा माओबादीमा आबद्ध भएर झापा जिल्ला कमिटिको सदस्यको समेत रेहा राजबंशी गत स्थानीय तहको निर्वाचनमा नेकपा माओबादीको तर्फबाट मेचीनगर नगरपालिकामा प्रमुख पदको उम्मेद्वार समेत बनेका थिए ।
अन्तरजातीय विवाह गरेका राजबंशी पहिलो संविधान सभा निर्वाचनमा झापा क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं अर्का परिचित कम्युनिष्ट नेता स्वर्गिय धर्म घिमिरेका समेत हुन् ।
मेचीनगर १३ निवासी राजबंशीको भोली बिहान १० बजे स्थानीय देउनिया नदिमा अन्त्यष्टी गरिने मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले जानकारी गराएकाछन् ।



