खबर

पूर्वी भानुटोल टोल विकासद्धारा सदस्यहरुलाई नगद राहत वितरण

काँकरभिट्टा ।

मेचीनगर ६ स्थित पूर्वी भानुटोल टोल विकास संस्थाले आफ्ना सदस्यहरुका लागि नगद राहत वितरण गरेको छ ।

बन्दाबन्दीका उत्पन्न आर्थाीक समस्यालाई मध्यनजर गर्दै राहत स्वरुप आफ्ना सबै सदस्यहरुलाई प्रति सदस्य रु २ हजार नगद रकम वितरण गरिएको संस्थाका अध्यक्ष राजकुमार पराजुलीलेचौतारी पोष्ट अनलाइनलाई बताएकाछन् ।

पराजुलीका अनुसार संस्थाका ९८ सदस्यहरुलाई २र२ हजारका दरले कुल १ लाख ९६ हजार नगद रकम बितरण गरिएको छ ।

२०७१ सालमा स्थापना भएको संस्थाका सदस्यहरुले मासिक रुपमा गर्दै आएको बचत रकमबाट संस्थाको कोषमा रहेको रकमबाट राहत रकम उपलब्ध गराईएको हो ।

संस्थाका सदस्यहरुले प्रत्येक महिना रु १ सयका दरले बचत रकम जम्मा गर्ने गरेको संस्थाका कोषाध्यक्ष अनिता गुरागाईंले बताईन् ।

गुरागाईंका अनुसार संस्थामा अहिले करीब १० लाख रकम कोषमा जम्मा भइसकेको छ ।

यसअघि पनि संस्थाकातर्फबाट अति विपन्न परीवारका लागि राहत सामग्री उपलब्ध गराइएको अध्यक्ष पराजुलीले चौतारी पोष्ट अनलाइनलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button