
ललितपुर । कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा संक्रमितको संख्या २१ सय १५ पुगेको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा जारी सूचना अनुसार सो प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।
कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीद्वारा जारी सूचनाका अनुसार, उक्त प्रदेशमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ।
नयाँ संक्रमितहरु सल्यान, दैलेख र कालिकोटका रहेकाछन्। प्रदेश अस्पताल, सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो।




