मेचीनगर । मेचीनगर नगरपालिका वडा नं ७ ईटाभट्टा निवासी अन्दाजी ४२ वर्षिय सन्तोष पराजुली ‘मामा’ को निधन भएको छ । स्थानिय दैनिक र साप्ताहिक अखबार वितरणमा लामो समयदेखि कार्यरत उनी सन्तोष मामाका नामले परिचित थिए ।
मेचीनगर क्षेत्रबाट प्रकाशित दैनिक र साप्ताहिक पत्रिकालाई ईटाभट्टा क्षेत्रमा विस्तार र वितरणका लागि लामो समयदेखि काम गर्दै आएका पराजुली केही समय यता देखि वडा नं ७ को वडा कार्यालमा सहयोगीको भूमिकामा समेत रहेका थिए ।
उनको आज (विहिबार) स्थानिय निन्दा नदीमा अन्तिम संस्कार गरिएको छ । क्षयरोगबाट ग्रसित पराजुलीको धुलाबारीमा रहेको आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारतको बारापेटा नेपाली बस्तीमा जन्मेका सन्तोष विगत २० वर्षदेखि झापाको मेचीनगर इट्टाभट्टामा रहँदै आएका थिए ।
चौतारी पोष्ट अनलाइन परिवार स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।



