खेलकुद

कोस्टालाई ६ महिनाको जेल सजाय सुनाइयो

एजेन्सी – कर छलीको आरोपमा दोषी पाइएपछि स्पेन अदालतले स्पेन तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड डिएगो कोस्टालाई ६ महिनाको जेल सजायको साथै ४ लाख ८२ हजार पाउन्ड जरिवाना सुनाएको छ ।

कर छलीको आरोप प्रमाणित भएपछि उनलाई अदालतले ६ महिनाको जेल सजाय तथा ४ लाख ८२ हजार पाउन्ड जरिवाना जरिवाना सुनाएको हो । कोस्टाले सन् २०१४ मा एट्लेटिको मड्रिडबाट चेल्सी सरुवा हुँदा १ मिलियन युरो भन्दा बढी राज्यलाई ठगेको आरोप लाग्नुको साथै तस्बिर अधिकारवापतको १ मिलियन युरो भन्दा बढी सार्वजनिक नगरेको आरोप लागेको थियो ।

कर छलीमा दोषी पाइएपनि स्पेनको कानुन अनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्ष भन्दा कम जेल सजाय भएका कारण तोकिएको जरिवाना रकममा थप केहि रकम तिरेको खण्डमा जेल जानु पर्ने छैन । कोस्टा थप ३२ हजार पाउन्ड तिर्न सहमत भएका छन् । कोस्टा बिहीबार मुद्धा सुनुवाईका लागि फेस मास्क लगाएर अदालत पुगेका थिए ।

यसअघि स्पेनमा क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी र रियल म्याड्रिडका पुर्व प्रशिक्षक जोसे मौरिन्होलाई कर छलीको आरोप लागेको थियो । उनीहरुले पनि कर छलेको प्रमाणित भएपछि अतिरिक्त शुल्क बुझाएर जेल बस्नु परेको थिएन ।

कोस्टा २०१७ मा पुनः एट्लेटिको मड्रिड नै फर्किएका थिए । उनले चेल्सीलाई दुई प्रिमियर लिगको उपाधि जितेका थिए । चोटका कारण कोस्टाले यो सिजन एट्ल्टिकोका लागि १९ खेल मात्रै खेलेका छन् । जसमा उनले २ गोलमात्रै गरेका छन् ।

उनी अहिले एट्लेटिको मड्रिडको प्रशिक्षणमा फर्किसकेका छन् । कोरोना महामारीका कारण स्थगित स्पेनिस ला लिगाको यो सिजनको बाँकी खेल ११ जुनबाट शुरु हुदैछ । एट्लेटिकोले १४ जुनमा एथ्लेटिको बिल्वाओसँग खेल्ने तालिका छ । एट्लेटिको ४५ अंक जोडेर छैटौ स्थानमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button