
मेचीनगर । दुनियाँलाई त्राहीमाम बनाएको कोरोना भाइरसको संक्रमण नियन्त्र र रोकथामका लागि आज एकातिर संसारनै बन्दाबन्दीमा रहेको छ भने कोरोनाले लाखौँ मानिसलाई अलपत्र समेत पारेको छ । बन्दाबन्दीका कारण भाइरस संक्रमणको त्राससँगै भोकको अर्को छट्पटी पनि विशाल चुनौती पहाड बनेर आएको छ । नेपाल र भारतको कुरा गर्ने हो भने दुबै देशका नागरिक रोजगारी लगायतका कामले आज पनि नेपाल र भारतका बिभिन्न स्थानमा रोकिन पुगेकाछन् । बन्दाबन्दीकै कारण नेपाल र भारतका बिभिन्न स्थानमा रोकिएका नेपाली र भारतीय नागरिकलाई भोकबाट बचाउने कार्यमा जुटेकाछन् पूर्वी नेपालको नाका काँकरभिट्टा युवाहरु आजको प्रसङ्ग कोरोना कहरका बीचबाट कसरी जन्मन पुग्यो ‘ काँकरभिट्टा सोसाईटी ’?
बन्दाबन्दीका कारण पूर्वको सीमा नाका काँकरभिट्टा प्रबेश गरेका सयौँ नेपाली र भारतीय नागरिकलाई बिहान बेलुकी निशुल्क खानाको प्रबन्ध कसरी संभव भयो । आज हामीले यसै विषयमा हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि वार्तालाप गरेकाछौँ ‘ काँकरभिट्टा सोसाईटी’ को सोच बोक्नेहरु मध्ये एक सामाजिक अगुवा युवा दीपक पोखरेलसँग , प्रस्तुत छ उनीसँग चौतारी पोष्ट अनलाइनले गरेको वार्तालाप।



