खेलकुद

पाडेरवर्नसँग लाइप्जिग रोकियो

एजेन्सी – आरबी लाइप्जिग रेलिगेसेन जोनमा रहेको पाडेरवर्नसँग बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएको घरेलु टोली लाइप्जिग पाडेरवर्नसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

अन्तिम समयमा सम्हालिन नसक्दा लाइप्जिग बराबरीमा रोकिन बाध्य बनेको हो । रेडबुल एरिनामा शनिबार साँझ भएको खेलमा लाइप्जिगका प्याट्रिक सिकले गोल गर्दा पाडेरवर्नका क्रिस्टियन स्ट्रोडिएकले बराबरी गोल फर्काए । खेलको २७औं मिनेटमा टिमो वेर्नरको पासमा प्याट्रिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ४३औं मिनेटमा लाइप्जिग १० खेलाडीमा समेटिन पुगेको थियो । डेओट उपमेकानो दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

१० खेलाडीमा समेटिएको लाइप्जिगले पहिलो हाफमा लिएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन सकेन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्रिस्टियनले गोल गर्दै हार टारे । बराबरीसँगै लाइप्जिग ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

लाइप्जिगलाई बराबरीमा रोकेको पाडेरवर्नको रेलिगेसन खतार अझै टरेको छैन । पाडेरवर्नको ३० खेलबाट २० अंक पुगेको छ । बुन्डेस लिगामा ४ चरणको खेल बाँकी रहँदा पाडेरवर्न रेलिगेसन जोन बाहिरको माइन्जसँग ११ अंकले पछि छ । रेलिगेसन जोनमा वेर्डर ब्रेमेन रहँदा फोर्टुना डुसेलडर्फ रेलिगेसन प्ले अफको स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button