खबर

इटहरीमा वर्ल्डलिंक इन्टरनेटः नारा राम्रो, सेवा झुर

जेठ २५, २०७७

इटहरी । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिको नारा छ– ‘छिटो भनेकै वर्ल्डलिंक’ । नारा अनुसार पनि वर्ल्डलिंकको सेवा छिटोछरितो हुनुपर्ने हो । तर, अवस्था उल्टो छ । कम्पनीले प्रवाह गर्ने सेवा गुणस्तरीय छैन ।

त्यति मात्र होइन, न यसको स्पिड राम्रो छ न त गुनासो सुनुवाई गर्ने संयन्त्र ।सम्झौतामा उल्लेख गरेभन्दा इन्टरनेटको स्पिड कम हुने गरेको ग्राहकको गुनासो छ । तर, यसतर्फ वर्ल्डलिंकले चासो नदिएको उनीहरू बताउँछन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले सेवाको नाममा ठगी गरेको ग्राहकले आरोप लगाएका छन् । इन्टरनेट स्लो चल्ने, बेलाबेला बिग्रने तथा कम्पनीमा गुनासो टिपाउन झन्झट भएको ग्राहक बताउँछन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।

इटहरीका बरिष्ठ मुर्तिकार विक्रम श्रि वर्ल्डलिंकका ग्राहक हुन् । उनी पनि वर्ल्डलिंकको सेवा सन्तोषजनक नभएको बताउँछन् । ‘इन्टरनेट निकै स्लो चलेपछि हैरान छु,’ उनले फेसबुकमा लेख्दै भनेकाक छन, ‘यसबारे गुनासो टिपाउँन खोज्दा वर्ल्डलिंकका कर्मचारीले फोन पनि उठाउँदैनन् ।’ ग्राहकले किनेको प्याकेज अनुसार पनि इन्टरनेट स्पिड नभएको उनको भनाइ छ । उजुरी गर्ने निकाय कहाँ होला भन्दै फेसबुकमा लेखेका छन ।

इटहरीमा वर्ल्डलिंकका अर्का ग्राहक हुन्, कृष्ण अधिकारी। इन्टरनेट सेवा लिइरहेका उनी वर्ल्डलिंककको सेवा त्यति सन्तोषजनक नभएको बताउँछन् । उनले फेसबुकमा लेखेका छन यस्तो अति नै गर्नु भएन बार्षिक पैसामा तिरेको छ त ? इन्टरनेट स्लो हुदा आफुहरुले दुख पाईरहेको अधिकारीको भनाई छ ।

बिक्रम श्रि र अधिकारी त प्रतिनिधि पात्र मात्र हुन । वर्ल्डलिंकका ग्राहकहरु अधिकांस पिडित भएको बताउँछन । बिग्रिएका बेला समयमा प्राविधिक नआउने गरेको ग्राहकले गुनासो गरेका छन् । ‘बिग्रिएको गुनासो गर्दा न समयमा प्राविधिक आउँछन् न त समयमा इन्टरनेट नै बन्छ,’ अहिले त्यो नेट नै काटेर अर्को जोडेको छु इटहरी ५ की विनिता भट्टराईले भनिन् ।

बजार विस्तारका क्रममा अनेक स्किमहरू राखेर आकर्षित गर्ने वर्ल्डलिंकले एक महिनापछि वास्ता गर्न छोड्छ । त्यति मात्र होइन, जति एमबिपिएसका लागि पैसा तिरेको हो, स्पिड टेस्टमार्फत् चेक गर्दा त्यो देखिँदैन । त्यसो त आफुखुसी स्किम चेन्ज गर्ने वर्ल्डलिंकले सम्झौता अनुसारको सेवामा समेत झुक्याउँदै आएको छ ।

प्राविधिक समस्या आउनु स्वभाविकै हो । तर, दिनमै पाँच सात पटक फोन गर्नु र त्यसमा पनि उल्टै कहाँ, के, कहिले, कति, कसरी, कुनलगायत अनावश्यक प्रश्नहरूको हैरानी सेवाग्राहीका लागि अर्को टाउको दुःखाईको विषय बन्ने गरेको छ ।
वर्ल्डलिंकको सेवाबारे व्यापक गुनासो आएपछि यसअघि पनि सञ्चारपाटी डट कमले ‘वर्ल्डलिंकको ठगी धन्दा शीर्षकको समाचार प्रकाशित गरेको थियो ।

समाचारको कमेन्ट बक्समा वर्ल्डलिंकका थुप्रै ग्राहकले यसको सेवाबारे आफ्ना धारणा सार्वजनिक गरेका छन् । तीमध्ये अधिकांशले यसको सेवाप्रति प्रश्न उठाएका छन् ।सञ्चारपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button