खबर

नेपालमा सलहको खतरा टर्‍यो

जेठ २९, २०७७
काठमाडौं – भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह कीराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश नहुने निष्कर्ष निकालेको छ ।

सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको हुनाले तत्काल सलह कीरा नेपाल प्रवेश गर्न सक्दैन ।

केन्द्रका प्रमुख हुमागाईंले मनसुनी वर्षाका कारण सलह कीराको बथान सानासाना टुक्रामा विभाजित भएको र हावाको बेग पूर्वबाट पश्चिमतिर भएको हुनाले पनि भारतबाट पश्चिम सीमाबाट नेपाल भित्रिने सम्भावना निकै न्यून रहेको बताए ।  गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button