कला

भारतीय अभिनेता सुशान्तसिंद्वारा आत्महत्या

आइतबार, जेठ ३२, २०७७

एजेन्सी । चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।
सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करियर सुरु गरेका उनले पछिल्लो समयमा ठूलोपर्दामा उल्लेखनीय अभिनयका कारण चर्चा कमाइरहेका थिए ।
‘डिटेक्टिभ ब्योमकेश बक्सी, एमएस धोनीः द अनटोल्ड स्टोरी, छिछोरे उनले मुख्य भूमिका निभाएका चलचित्रहरुमध्ये हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button