मूल खबर

बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारमा १० दलीय संयुक्त बिरोध कार्यक्रम सम्पन्न

एमसीसी पास गरे नेपाली जनता यो सरकारको राष्ट्रघाती कदमका विरुद्ध सडकमा उत्रने चेतावनी

२०७७ जेष्ठ ३२

बाँके,
नेकपा (क्रान्तिकारी माओवादी) लगायत १० दलीय मोर्चाले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजारमा एमसीसी खारेजको मागमा संयुक्त बिरोध कार्यक्रम सम्पन्न गरेकोछ । उक्त बिरोध कार्यक्रम विरोध रयालीकासाथ सम्पन्न गरिएकोछ । विरोध रयाली दुर्गामन्दीरचोक परिक्रमा गर्दै बजारमा रहेको पेट्रोल पम्प हुँदै बाँकेको खजुरा बजारमा पुगेर विरोधसभामा परिणत भएको थियो ।
उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तेज बिक्रम शाही, नेकपा (मसाल)का तुलसीराम सापकोटा, नेकपा (माओवादी केन्द्र) का पीबिएम सृजन , नेकपा (माले)का जिल्ला सचिव प्रेम ठाकुरलगायतले सम्वोधन गरेका थिए ।

सम्वोधनका क्रममा सबै वक्ताहरुले एमसीसी यदि पास गरेमा यो दलाल सरकारका विरुद्ध तीन करोड नेपाली सडकमा उत्रने छन् र यो राष्ट्रघाती सरकारलाई यसका राष्ट्रघाती कदमका लागि सजाए दिनेछन् भन्ने चेतावनी दिएका छन ।
कार्यक्रमको संचालन नेकपा(मसाल)का जगदिस ढकालले गरेका थिए भने नेकपा( क्रान्तिकारी माओवादी) जिल्ला सचिव प्रेम थापाले सभापतित्व गरेका थिए ।moolbato/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button