खबर

स्वास्थ्य चौकी भवनका लागि तिम्सिनाले दिए ८८ लाख बराबरको जग्गा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि स्थानिय तिम्सिना परिवारले ८८ लाख मूल्य बराबरको जग्गा दान गरेकाछन् ।
मेचीनगर ८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा सो जग्गा भवन निमार्णका लागि प्रदान गर्ने निणर्य गरेका हुन् । मेनपा ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि चलन चल्तीको मूल्य ८८ लाख बराबरको ४ कठ्ठा जग्गा दिने निणर्य गरेका कार्यबाहक वडाध्यक्ष शन्तोष मेचेले बताए । प्रदेश सरकारबाट उक्त भवन निमार्णका लागि २८ लाख रकम छुट्टिएको र स्वास्थ्य चौकी भवन असारको दोस्रो साताबाट निमार्ण प्रारम्भ गरिने मेचेले जनाएकाछन् ।सो स्वास्थ्य चौकी सुचार भएपछि स्थानिय टोकला चिया बगान, नकलबन्दा चिया बगानमा रहेका मजदुर परिवार तथा स्थानिय आसपास क्षेत्रका करिब १२ सय घरपरिवार स्वास्थ सेवाबाट लाभान्वित हुने मेचेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button