खबर

विभिन्न मागलाई लिएर वामपन्थी संगठनद्वारा विरोध प्रदर्शन

विभिन्न मागलाई लिएर वामपन्थी संगठनद्वारा विरोध प्रदर्शन

सिलगढी: लकडाउन अवधि संकटग्रस्त मानिसहरूका लागि खाद्य, स्वास्थ्य साथै आर्थिक सहायता दिनु पर्ने माग लिएर वामपन्थी संगठनहरू मंगलवार राज्यव्यापी आन्दोलनमा ओर्लिए। दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट पनि आज सिलगढी डाकघर अघि विरोध प्रदर्शनी गरियो। यस अवसरमा संगठनका सदस्यहरू हातमा छाता बोकेर सामाजिक दूरी बनाएर विरोध-प्रदर्शनी गरेको देखियो। वामफ्रन्ट जिल्ला सचिव जिवेश सरकारले बताए अनुसार लकडाउनले प्रभावित मानिसहरूका लागि खाद्य, धन, स्वास्थ्य सुनिश्चित गर्नु पर्ने लगायत अम्फान तुफानलाई राष्ट्रीय आपदाको रूपमा घोषित गरिनु पर्नेबारे प्रदर्शनीमा माग गरियो। यदि माग पूरा नभए संगठनको तर्फबाट आन्दोलन गरिने तिनले चेतावनी दिएका छन्। विरोध प्रदर्शन अवधि आज वामफ्रन्ट जिल्ला सचिव जिवेश सरकार लगायत अन्य नेतागण उपस्थित थिए।

रिम्बिक लोधोमा क्षेत्रमा विनय तामाङको भ्रमण, आशा कर्मीहरूद्वारा ज्ञापन

पोख्रेबुङ: गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले आज रिम्बिक लोधोमा समष्टिका विभिन्न ग्राममा खटिएका स्वास्थ कर्मी, आशा कर्मी लगायत अन्यहरूसित भेट गरे। यस अवसरमा तिनीहरूलाई चाहिने पीपीइ कीट, माक्स, सेनिटाजर आदि प्रदान गरे। अर्कोतिर, भेटघाट अवधि आशा कर्मीहरुले भोग्दै आइरहेका विविध समस्याको अवगत गराउँदै गोजमुमो अध्यक्ष मार्फत जीटीएलाई एउटा ज्ञापन पत्र पनि चढाए। तिनीहरूको उक्त समस्यालाई गम्भीरतापूर्वक लिएको तथा चाँडै जीटीए एवं राज्य सरकारसमक्ष पुऱ्याउने विनय तामाङले आश्वासन दिए। आजको भेटघाट कार्यक्रममा मोर्चा अध्यक्षसित समष्टि सभापति नोर्देन शेर्पा, सचिव मिलन प्रधान लगायत समष्टिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।
कालेबुङमा भोलि शहीदहरूलाई श्रद्धाञ्जली कार्यक्रम

कालेबुङ: गोर्खाल्याण्डको आन्दोलन अवधि गत 2017 सालमा प्राण गुमाएर शहीद भएकाहरूलाई सम्झना गर्दै भोलि स्थानीय कालेबुङ गोजमुमो पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ। यसबारे गोजमुमो कालेबुङ जिल्ला समिति प्रवक्ता भुवन पी खनालले जानकारी दिएका छन्। तिनले पत्रकारहरूलाई दिएको जानकारी अनुसार आज सम्पन्न पार्टीको एउटा सभामा उक्त निर्णय लिएको हो। त्यसको साथै जीटीएले पहल गरेका सञ्जीवनी स्वास्थ्य सेवा भोलि कालेबुङको 35 नम्बर समष्टिमा पर्ने सरस्वती स्कुलमा सम्पन्न गरिने छ। यस अवसरमा युवा मोर्चाद्वारा रक्तदान शिविरको पनि आयोजना गरिएको तिनले जानकारी दिएका छन्।
युवा कांग्रेसको तर्फबाट दार्जिलिङका डीएमलाई ज्ञापन

सिलगढी : दार्जिलिङ जिल्ला युवा कांग्रेसको तर्फबाट आज जिल्लाशासक एस पन्नमबलमलाई एउटा सात सुत्रीय ज्ञापन चढाएको छ। उक्त ज्ञापनमा युवा कांग्रेसको तर्फबाट लकडाउन अवधि गरिब मानिसहरूको 3 महिनाको बिजुली बील माफ गरिनुपर्ने, स्कुलको फीस लगायत बस, खेलकुद तथा अन्य शुल्कहरू माफ गरिनुपर्ने उत्तरबंगाल मेडिकल कलेजमा कोरोनाको टेस्ट ज्यादा भन्दा ज्यादा गरिनुपर्ने साथै चाँड़ै त्यसको टेस्ट रिपोर्ट दिनुपर्ने, मेडिकल कलेजमा केवल दार्जिलिङ जिल्लाका रोगीहरूलाई मात्र चिकित्सा गरिनुपर्ने लगायत अन्य मागहरू सामेल रहेको बताइएको छ। दार्जिलिङ जिल्ला युवा कांग्रेस अध्यक्ष रोहित तिवारीले बताएअनुसार आज पार्टीको तर्फबाट डीएमलाई भेटेर एउटा ज्ञापन सुम्पिएको छ। ज्ञापन पत्र चढाएपछि डीएमले उक्त मागहरूलाई लिएर 15 दिनको समय मागेको तिनले बताए। यदि उक्त अवधिसम्म यसको समाधान नभए युवा कांग्रेसको तर्फबाट आन्दोलन गर्ने अध्यक्ष रोहित तिवारीले चेताउनी दिएका छन्।
सुके मानेभञ्ज्याङमा सफाई कर्मीलाई आवश्यक सामग्री वितरण

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय अध्यक्ष विनय तामाङले सुके मानेभञ्ज्याङ समष्टि भ्रमण अवधि दिएको वचन अनुसार आज अध्यक्ष तामाङ र समष्टि अध्यक्ष बुद्ध तामाङको तर्फबाट सुकेपोखरी डीआई फण्ड सफाई कर्मीलाई आवश्यक तथा सफाई कार्यमा प्रयोग गरिने सर-समान प्रदान गरियो। यस अवसरमा नारी मोर्चा सुके मानेभन्ज्याङ समष्टि सभानेत्री अञ्जना डुक्पा, सचिवा सुनिता छेत्री, गोजमुमो समष्टि संयुक्त सचिव फुर्बा छिरिङ शेर्पा, ब्लक कमिटी सभानेत्री डोमा डुक्पा, सुके खण्ड समिति सचिव प्रणय राणा लगायत अन्य उपस्थित थिए।jun,16,siliguritimes/from,india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button