खबर

चीनको विरोधमा सडकमा ओर्लिए भाजपा कार्यकर्ताहरू, धेरैजना हिरासतमा

चीनको विरोधमा सडकमा ओर्लिए भाजपा कार्यकर्ताहरू, धेरैजना हिरासतमा

सिलगढी : चीन र भारतबीच भएको संघर्षमा भारतका 20 जना जवान शहीद भएका छन्। यस घटनाको विरोध जनाउँदै आज भाजपा नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएर विभिन्न नाराबाजी लगाउँदै चीनका राष्ट्रपति शी जिनपिङको पुतला दहन गरे। सिलगढी थाना पुलिसले भाजपाका केही नेता तथा कर्मीहरूलाई हिरासतमा लिएका छन्। पुलिसले दिएको जानकारीअनुसार भाजपाका नेता तथा कार्यकर्ताहरूले चीनका राष्ट्रपति शी जिनपिङको पुतला दहन अवधि सडक अवरोध गरेर विरोध प्रदर्शनी गरेको कारणले गर्दा तिनीहरूलाई हिरासतमा लिएको हो। उक्त घटनाको विरोधमा भाजपा नेताहरूले पुलिस विरुद्ध क्षोभ प्रकट गरे। पुलिसले लगभग 20 जना भन्दा अधिक भाजपा नेता तथा कर्मीहरूलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। यस अवधि पुलिस र भाजपा नेता तथा कार्यकर्तामाझ झडप हुँदा सिलगढीको हासमीचोक इलाकामा आतङ्कको माहौल सृष्टि भयो। अर्कोतिर, चीनको विरोधमा सिलगढीको सेठ श्रीलाल मार्केटमा निकालिइएको र्‍यालीबाट पनि केही मानिसहरूलाई पुलिसले हिरासतमा लिएको छ।

दार्जिलिङमा गोजमुमो-द्वारा शहीदहरूलाई श्रद्धाञ्जलि

दार्जिलिङ : गोजमुमो विनय समूहद्वारा पनि आज गोर्खाल्याण्ड आन्दोलन कालमा प्राण गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरियो। विगत 2017 सालको अलग राज्य गोर्खाल्याण्ड मागको आन्दोलन अवधि आजकै दिनमा दार्जिलिङमा पुलिस प्रशासनद्वारा चलाइएको गोली लागेर गोर्खाल्याण्ड समर्थकहरूले प्राण गुमाएका थिए। यसैले तिनीहरूको स्मरण गर्दै प्रत्येक वर्ष झैँ यस पाली पनि आज गोजमुमो दार्जिलिङ महकुमा समितिले ती प्राण गुमाउने शहीदहरूको स्मरण गर्दै तिनीहरूको प्रतिकृति अघि धुप, दीप जलाएर श्रद्धाञ्जलि अर्पण गरे। तथापि, यस अवसरमा बढ्दो कोरोनाको महामारीलाई ध्यानमा राखेर सामाजिक दूरीलाई ध्यानमा राखिएको थियो। श्रद्धाञ्जलि कार्यक्रममा गोजमुमो दार्जिलिङ महकुमा समितिका आलोक कान्त मणि लगायत शीर्ष नेतृत्वहरूको उपस्थिति रहेको थियो।
प्राकृतिक आपदाको सामना गर्न जीटीए तयार : अनित थापा

खरसाङ : कोरोना भाइरसको महामारीबीच पहाड़मा विस्तारै प्राकृतिक आपदाहरूको सामना गर्नलाई जीटीएले अघिबाटै पूर्ण तयारी गरेको जीटीए चेयरम्यान अनित थापाले बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै प्राकृतिक आपदाको निम्ति सरकारको प्राकृतिक आपदा प्रबन्धन विभागसँग मिलेर प्रत्येक खण्ड विकास तथा नगरपालिका क्षेत्रहरूमा कमिटी तयार पारिसकेको तिनले जानकारी गराए। कोरोनासँगको लडाईमा जसरी सबैजना एकसाथ भएका छौँ, त्यसरी नै यो प्राकृतिक आपदाको समयमा पनि सबै एकैसाथ भएर लड्नुपर्ने तिनले अनुरोध गरे। तिनले मानिसहरूलाई सर्तक र सजग रहने साथै प्राकृतिक आपदाबाट आफैलाई सुरक्षित राख्ने अपील पनि गरे।पानीघट्टाको निरपानीमा हात्तीको आतङ्क

पानीघट्टा : पानीघट्टा नजिक निरपानीको मगरटोल क्षेत्रमा आज बिहान लगभग 7 बजी एउटा जङ्गली हात्ती गाउँमा पसेपछि गाउँलेहरू आतङ्कित बन्न पुगे। हात्तीले गाउँको मूल सडक हुँदै धेरै समयसम्म घुमफिर गरे तापनि कुनै ज्यान मालको नोक्सान नभएको बताइएको छ। तथापि, हात्तीले केही फसलहरू नष्ट गरेको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, गत केही दिन अघि मात्र स्थानीय कमल तामाङ हात्तीको हमलामा गम्भीर रूपमा घाइते भएपछि हाल तिनी उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छन्। हात्तीको लगातार आक्रमण तथा उपद्रव बढे तापनि वन विभागले कुनै प्रकारको आवश्यक पहल हालसम्म नगरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। गाउँलेहरूले वन विभागको पक्षबाट सुरक्षा प्रदान गर्नुपर्ने माग गरेका छन्।jun,17,siliguritimes/from, india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button