खेलकुद

म्यानचेस्टर हारबाट जोगियो

शनिबार, अषाढ ६, २०७७

एजेन्सी – खेल सकिन ९ मिनेट बाँकी रहँदा ब्रुनो फार्नान्जेडले पेनाल्टीमार्फत गोल गरेपछि म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरसँगको हारबाट जोगिएको छ । टोटेनहम र युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन परेको हो । टोटेनहमका स्टेभेन वर्गविनले तथा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा स्टेभेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । लुक शाले हेडमार्फत मार्कुस रासफोर्डलाई दिएको पासलाई सर्जी औरिएरले नियन्त्रणमा लिदै दिएको पासलाई स्टेभेनले गोलमा परिण गरेका थिए । त्यसअघि खेलको २२औं मिनेटमा ब्रुना फर्नान्डेजको क्रसलाई डाभिन्सन सान्चेजले राम्रोसँग क्लियर गर्न नसकेको बललाई रासफोर्डले गरेको प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले राम्रो बचाउ गरे ।

३१औं मिनेटमा टोटेनहमले अग्रता दोब्बर बनाउने अवसर खेर फाल्यो । स्टेभेनको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए । ५४औं मिनेटमा फर्नान्डेजको पासमा एन्थोनी मार्सियल चुक्दा युनाइटेड बराबरीबाट चुक्यो । ६५औं मिनेटमा ब्रुनोके थ्रु पासमा मार्सियलको प्रहारलाई डाभिन्सले सान्चेजले ब्लक गरिदिए । लगत्तै युनाइटेडका लुका शाको उत्कृष्ट मुभमा मार्सियलको प्रयासलाई टोटेनहमका गोलरक्षक लोरिले बचाउदै संकट टारे ।

घरेलु टोलीलाई लगातार दवावमा राखेको युनाइटेडले ८०औं मिनेटमा बराबरी गर्ने अवसर पायो । टोटेनहमका रक्षक एरिक डिएरले युनाइटेडका पोग्वालाई पेनाल्टी बक्समा फउल गरेपछि युनाइटेडले पेनाल्टीकोअवसर पाएको थियो । जसलाई फनान्डेजले सदुपयोग गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इन्ज्युरी समयमा युनाइटेडले अर्काे पेनाल्टीको अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा लुका शाको पासमा मासन ग्रीनवुडले अवसर पाएपनि चुक्दा युनाइटेड जितबाट वञ्चित बन्यो । घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले थप गोल भने गर्न सकेन । बराबरीसँगै युनाइटेड ३० खेलबाट ४६ अंक जोडेर पाँचौं सथानमा यथावत रहँदा टोटेनहम पनि समान खेलबाटै ४२ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ ।

अर्काे खेलमा साउथह्याम्पटनले रेलिगेसन जोनको नर्विच सिटीमाथि ३–० को सहज जित हात पारेको छ । साउथह्याम्पटनका ड्यानी इंग्स,स्टुआर्ट आम्सट्रोङ र नाथन रेडमोन्डले गोल गरे । जितसँगै साउथह्याम्पटन ३७ अंक जोेडेर १३औं स्थानमा उक्लदा नर्विच २१ अंकसहित पुछारमा छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button